Skip to content
LAXMI SUNRISE BANK

नेपाली सेनामा १०० जना अधिकृत क्याडेटलाई रोजगारीको अवसर

अर्थ सरोकार

  • अर्थ सरोकार  संम्वाददाता 

काठमाडौं – नेपाली सेनाले रिक्त रहेको दरबन्दीमा पदपूर्ति गर्नका लागि एक सय जना अधिकृत क्याडेटको दरखास्त आह्वान गरेको छ। बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरेर सेनाले खुला तथा समावेशी सिद्धान्त अनुसार एक सय जना अधिकृत क्याडेटको दरखास्त आह्वान गरेको हो। 
जसमध्ये खुला तर्फ ५५ जना, ९ जना महिला, १४ जना आदिवासी जनजाति, १३ जना मधेसी, ७ जना दलित र पिछडिएको क्षेत्रबाट २ जना माग गरिएको छ। प्लस टु र स्नातक पास गरेका इच्छुक नेपाली युवाहरुले  माघ २१ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् भने दोब्बर दस्तुर तिरे थप ७ दिन सम्म बुझाउन सकिने विज्ञापनमा जनाइएको छ। दरखास्त दिन प्लस टु उतीर्णहरु १८ वर्ष पूरा भइ २१ वर्ष पार नगरेको र स्नातक उतीर्णहरु २४ वर्ष ननाघेको हुनुपर्नेछ। हेर्नुस् सूचना

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK