×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिउंदै रहेका कनकमणि दीक्षिततको पत्रिकामा समवेदना छापिएपछि…

LAXMI SUNRISE BANK
GLOBAL

जिउंदै रहेका कनकमणि दीक्षिततको पत्रिकामा समवेदना छापिएपछि…

२० पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

मृत्युजस्तो निकै नै संवेदनशील कुरामा पनि जिल्लाका केहि मिडियाहरुले लापरवाही गरेको पाइएको छ । मोफसलबाट प्रकाशित हुने साझाकुरा नामक दैनिकले कनकमणि दीक्षितको समवेदना छापेको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले आफ्ना संस्थाका पूर्व बरिष्ठ सल्लाहकार भन्दै उनको समवेदना छापेका हुन् । जवकी मृत्यु भएका कमल दीक्षित हुन् ।  तर उनका छोराको समवेदना छापिएको छ । 

पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बाउ र छोरा,म्रितक र जीवित छुट्याउन नसक्नेले पनि के पत्रिका निकाल्नु ? प्रेस काउन्सिलको बर्गिकरणमा भर्खर ‘क’मा परेको छ हेटौंडाको ‘साझा कुरा’ । नेपाली साहित्यकाशका शिखर सेवक कमल दिक्षित बित्नुभो गत हप्ता तर यो पत्रिकाले फोटोसहित छोरा कनक दिक्षितको नाममा आज समवेदना निकालेको छ । शोकमा परेको परिवारमाथि थप पीडा थोपर्ने यो महाभूलको क्षतिपूर्ति के ? जीवितलाई मार्ने यो कस्तो पत्रकारिता ? कठै,मेरो नियति !’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी