
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले ब्यवस्थापिका संसदको बैठक चलिरहेका बेला मुखबाट खैनी भिकेर थुकेको नभई दालचिनी थुकेको बताएका छन् । संसद बैठकमै मन्त्री केसीले खैनी थुकेको समाचार बाहिर आएपछि उनले आफ्नो बचाउ गरेका छन् । ‘मैले मुखबाट खैनी झिकेर संसदमा फालेको होइन’ उनले भने ‘म केही दिनदेखि विरामी थिँए, दालचिनी खाइरहेको थिएँ त्यही फालेको हँ ।’
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै केसीले संसदभित्रको गतिविधि बाहिर आउनु दुखद भएको बताए । ‘संसदभित्रको गतिविधि कसरी बाहिर आयो उनले भने ‘ तस्विरसहित त्यो समाचार बाहिर आएपछि म तिनछक परेको छु ।’
केसीले आफु ब्यवस्थापिका संसदको मर्यादाप्रति सचेत रहेको बताएका छन् । उनले भने ‘सबैलाई अचानक गाह्रो हुन सक्छ। कहिले बसेकै ठाउँमा वान्ता पनि हुन सक्छ’ उनले भने ‘दालचिनी चपाएपछि फाल्न समस्या भयो मैले त्यही फालिदिएको हुँ ।’ सोही बिषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार आउएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्