
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितको पुनर्बासका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका छन्। मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि उनले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्। ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछुु अग्निपीडितलाई संबोधन गर्दै प्रधानमन्त्रीले भने। प्रधानमन्त्री सहित तेह्रथुमका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले मंगलबार नै क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको थियो।
प्रधानमन्त्री प्रचण्डले संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्ने, खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पुनर्स्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण दिने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने पनि घोषणा गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले संक्रान्ति बजारको पुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै अग्निपीडितसँग दुख र भावना साट्न आएको बताए। प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै संसदको गतिरोध अन्त्य हुने विश्वास ब्यक्त गरेका छन्। ुमलाई विश्वास छ, राजनीतिक गतिरोध संवादकै माध्यमबाट समाधान गर्नेछौं।
हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं।’ मंगलबार प्रधानमन्त्रीको भ्रमण दलमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा ९एमाले० का प्रमुख सचेतक भानुभक्त ढकाल, सांसदहरु सीता गुरुङ, गणेश बिमल, भवानी खापुङ, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत सहभागी थिए। पुस १ गते दिउँसो लागेको आगोका कारण संक्रान्ति बजारका ३२ घरका ५६ परिवारमा पूर्ण क्षति भएका थिए।
आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमुख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिइन्। पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ भने बिभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्