
काठमाडौं– प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष तीन दलको बैठक आह्वान गरेका हुन् ।
प्रचण्डले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रतिपक्षी दलले निरन्तर संसदको अवरोध गरिरहेको बेला सोहि अवरोध हटाउने विषयमा छलफल केन्द्रीत हुनेछ ।
हिजो संसद अवरोध हटाउने विषयमै दुई पटकसम्म एमाले र प्रधानमन्त्री बीच गोप्य छलफल भएको थियो । सो छलफलमा के सहमति भयो भन्नेमा नेताहरुले केहि बताउन चाहेका छैनन् ।
यसैबीच आज दिउँसो १ बजे संसद बैठक बस्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्