
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल टेलिकमले मोबाइलमा बहुप्रतिक्षित फोर जी सेवा आजदेखि संचालनमा ल्याउने भएको छ। संचारमन्त्री सुरेन्द्रबहादुर राम कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्नेछन्।
टेलिकमले फोरजीको सफ्ट लन्चको अन्तिम तयारी गरिरहेको छ टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने फोरजीका लागि चाहिने आवश्यक चिप्स र सफ्टवेयर इन्स्टलको काम सकिएको छ।ु
उपभोक्ताले सुरुवातमा ३२ दशमलब ४ एमविपिएस गतिमा इन्टरनेट चलाउन पाउनेछन्।व्यवसायिक रुपमा सुरु गरेपछि यो गति ८० एमविपिएसमा पुग्ने अधिकारीले बताए।अहिले टेलिकमको थ्रीजी १२ एमविपिएस गतिमा चल्छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार थ्रिजी नेटवर्कको इन्टरनेटमा ३ एमविपिएको स्पीडमा डेटा डाउनलोड गर्न सकिन्छ भने शुन्यदशमलव ४ एमविपिएसको गतिमा अपलोड गर्न सकिन्छ। त्यस्तै थ्रिजी एचएसपिडिए प्लसमा ६ एमविपिएसको गतिमा डेटा डाउनलोड गर्न र ३ एमविपिएसको गतिमा अपलोड गर्न सकिन्छ।
त्यस्तै फोरजी एलटिईमा ४२ एमविपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ भने २५ एमविपिएसको गतिमा डेटा अपलोड गर्न सकिन्छ। तर टेलिकम अपरेटर अनुसार यो स्पीडमा तलमाथि हुन्छ।
यो सेवाका लागि टेलिकमले काठमाडौं र पोखरामा गरी पाँचसय भन्दा धेरै विटिएस टावरमा फोरजी सर्पोट गर्ने चिप्स र सफ्टवेयर अपग्रेडको काम गरिरहेको छ।सुरुवातमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा आउनेछ।काठमाडौंमा दुईलाख ७५ हजार र पोखरामा तीनलाख २५ हजारजनाले फोरजी सेवा सञ्चालन गर्न पाउनेछन्।टेलिकमका अनुसार यो सफ्ट लन्च मात्रै हो।
टेलिकमले फोरजीको शुल्क तय गरेको छैन।१८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा टेलिकमसँग रहेको १५ मेगाहर्जमध्ये पाँच मेगाहर्ज फोरजीका लागि छुट्याएको छ। दूरसञ्चार प्राधिकरणले टेक्नोलोजी न्युट्रल गरेर फोरजी चलाउने प्रावधान ल्याएपछि टेलिकमले नेटवर्कको अपग्रेडेसन र फ्रिक्वेन्सी म्यानेजमेन्टको काम सकेको छ।टेलिकमले थ्रीजीकै मूल्यमा फोरजी चलाउन दिनेछ। फोरजी चलाउन पूराना सीम भएकाले नयाँ लिनुपर्नेछ। फोरजी चलाउन युनिभर्सल सीमयूसीम लिनुपर्नेछ।
यता नियामक निकायले भने दूरसंचार प्राधिकरणले भने मूल्य तय नभइ सेवा संचालन गर्न नमिल्ने जानकारी दिएको छ। फोरजीका लागि ग्राहकलाई पर्ने व्ययभार तय नगरी सेवा सुचारु गर्न मिल्दैनु प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ुसफ्ट लन्चमात्र गर्ने सुचना प्राप्त भएको छ, त्यसका लागि रेट फिक्स गर्नु पर्दैन र व्यावसायिक हिसावले जाँदामात्र मूल्य तय हुने हो।
के हो फोर जी सेवा रु
फोर जी अर्थात फोर्थ जेनेरेसन। फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन आइटियु ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ।
यस सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्