×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनको मूल्य बढ्यो

Artha Sarokar

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५२  हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५३  हजार मा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी स्थिर रहदै ७ सय  ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
यो साताभरमा छापावाल सुनको मूल्य १ हजारले बढेको छ।  साताको पहिलो दिन आइतबार १० गते ५२ हजार रहेको छापावाल आज अन्तिम दिन शुक्रबार ५३ हजार पुगेको छ ।
 नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार ४   सय ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५  हजार २   सय २५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६  रुपियाँमा कारोबार भई रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी