×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्प प्रभावितलाई दिने भनिएको ट्याक्सी वितरणको तयारी अन्तिममा चरणमा

LAXMI SUNRISE BANK
GLOBAL

भूकम्प प्रभावितलाई दिने भनिएको ट्याक्सी वितरणको तयारी अन्तिममा चरणमा

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ ।
सबैभन्दा लामो समय लाग्ने कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले बताउनुभयो । सबैभन्दा लामो समय नै कम्प्युटरमा भर्न लाग्ने भएकाले यसपछि प्रभावितलाई ट्याक्सी वितरण गर्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक सातामा फाराम भरिसक्ने र सम्पादनको काम सकिएपछि स्वीकृत नामावली प्रकाशित हुनेछ ।” अन्तिम नामावली प्रकाशित गरेपछि कार्यालयले चिट्ठा प्रक्रियाबाट नाम छानेर ट्याक्सी वितरण गर्नेछ ।
दैनिक १५÷१६ जना कर्मचारी कम्प्युटरमा तथ्याङ्क भर्नकै लागि लागेका छन् । कार्यालयले गत साउन ५ गतेबाट भदौ २ गतेसम्म नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो ।
फाराम भर्नेबाट एक हजार ५०० जनाको चिट्ठाबाट नाम निकाल्ने कार्यालयले जनाएको छ । झन्डै डेढ लाख प्रभावितले फाराम भरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी