Skip to content
LAXMI SUNRISE BANK

नेप्से ०.०३ प्रतिशतले घट्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – बुधवार नेप्से परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको छ । ३ घण्टाको व्यापार अवधिमा परिसूचक शून्य दशमलव ४३ अङ्कले घटेर १ हजार ४ सय ७ दशमलव १० विन्दुमा पुगेको हो । यो समयसम्ममा बीमा र बैङ्किङ समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक बढेको छ । 
यस व्यापार अवधिमा १ सय १९ कम्पनीको २ हजार ७ सय ८ पटकको व्यापारमा रू। ३१ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ ।
जलविद्युत समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ । साथै, होटल समूहको परिसूचक शून्य दशलमव ७३ प्रतिशत, विकास बैङ्कको शून्य दशलमव ४४ प्रतिशतले बढेको हो ।
 त्यस्तै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशलमव २६ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको छ  भने बैङ्किङ समूहको परिसूचक शून्य दशमलव २४ र बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK