×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल भ्रमण नगर्नू भनेको समाचार सत्य होइन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘नेपाल भ्रमण नगर्नू भनेको समाचार सत्य होइन’

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न हतोत्साही गर्ने हिसाबले कुनै सूचना या सन्देश जारी नगरिएको बताएको छ । चिनियाँ पक्षले बेइजिङस्थित नेपाली दूतावासलाई उक्त जानकारी गराएको हो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले आफ्नातर्फबाट नेपाल भ्रमणमा नजान भनी सूचना जारी गरेको भन्ने मिडियामा आएका समाचार सत्य नरहेको बताए । ‘हामीले चिनियाँ विदेश मन्त्रालय र पर्यटन मामिला हेर्ने निकायसँग यसबारेमा सोधपुछ गर्‍यौं तर नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह नगरिएको चिनियाँ अधिकारीले बताए’, पौड्यालले भने ।
केही चिनियाँ नागरिकले गत साता नेपाल भ्रमण रद्द गरे पनि उनीहरूले पुनः भ्रमणमा जान टिकट लिइसकेको उनले बताए । ‘केही चिनियाँ नागरिकले नेपाल भ्रमण रद्द गरे पनि उनीहरूले फेरि टिकट बुकिङ गरिसकेका छन्’, उनले भने ।
नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले नेपाल भ्रमणमा नआउन आफ्ना नागरिकका लागि कुनै सूचना जारी नभएको बताए । ‘मिडियामा आएका समाचारमा कुनै सत्यता छैन । बरु हामी नेपालमा धेरै चिनियाँ नागरिक भ्रमणमा आऊन् भन्ने चाहन्छौं’, दूतावासका अधिकारीले भने ।
चीनको चेङ्दुस्थित पर्यटन हेर्ने निकायले त्यहाँका टुर अपरेटरमार्फत चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा नजान सूचना जारी गरेको समाचार केही मिडियामा आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी