
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कडा आलोचना गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब रिबन नकाट्ने घोषणा गरेका छन् ।
आफैले गरेको प्रतिबद्धता विपरीत प्रचण्ड विगत एक महिनादेखि दैनिक रुपमा उदघाट्न र शिलान्यासमा हिडेको भन्दै चर्को आलोचना भएपछि अब उनले रिबन काट्ने कार्यक्रममा नजाने बताएका हुन् ।
केहिदिन अघि एमालेका अध्यक्ष ओलीलेप्रचण्डले सलाई र कैची खल्तीमा हालेर हिडेको समेत भन्दै व्यङ्ग्य गरेका थिए । ओलीले प्रचण्डलाई व्यंग्यात्मक टिप्पणी गर्दै भनेका थिए(‘ठूलो हेलिकप्टर चढेर , एक डफ्फा मान्छे बोकेर, खल्तीमा कैँची र सलाई हालेर हिडेका छन्।’ ओलीले भनेजस्तै अहिले प्रचण्ड दैनिक रुपमा रिवन घाटने काममा व्यस्त हुने गरेका छन् ।
प्रचण्डले आफ्नो सचिवालयमा रहेका सदस्यहरुलाई रिबन काट्ने कुनै पनि कार्यक्रम नराख्न निर्देशन दिएको एक सचिवालय सदस्यले बताए । प्रचण्डको भनाई उदृत गर्दै उनले भने, ‘मैले प्रधानमन्त्री भएलगत्तै रिबन काट्ने कार्यक्रममा सहभागी हुन्न भनेको थिए, अहिले आफूले गरको प्रतिबद्धता भुल्दा विपक्षीलाई पनि आलोचनाको मसला भएको छ, जो सुकै रिसाउन तर रिबन काटने कार्यक्रम भो अब म जान्न ।’
सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा प्रमुख प्रतिपक्षले एक महिनादेखि संसद चल्न दिएको छैन् । वार्ता र संवाद गर्नुपर्ने प्रधानमन्त्री नै दैनिक रुपमा रिबन काट्ने कार्यक्रममा सहभागी हुन थालेपछि उनको चर्को आलोचना भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्