×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भारत–नेपाल मैत्री सम्वाद’बारे अन्तरक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘भारत–नेपाल मैत्री सम्वाद’बारे अन्तरक्रिया

Artha Sarokar

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – मिडिया फर बोर्डर हार्मोनीको आयोजनामा भारत–नेपाल मैत्री संवादबारे भारतको सीमावर्ती सिक्टामा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं भारतका पूर्व केन्द्रीय शिक्षामन्त्री डा। रघुवीर सिंहले नेपाल–भारतको सम्बन्ध परापूर्वकालदेखि धार्मिक, सांस्कृतिक र सामाजिक भएको बताए ।
उनले भारतसँग जोडिएका नेपालको मधेशी समुदायको हकहित संविधानमा सम्बोधन गरिनुपर्ने बताए । कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं सांसद लालबाबू राउत गद्दीले नेपाल–भारतको जस्तो सम्बन्ध विश्वमा अन्यत्र कतै नरहेको दाबी गरे ।
तमलोपाका महामन्त्री जीतेन्द्र सोनलले भारतीयहरूलाई विगतका आन्दोलनभैंm सहयोग जारी राख्न आग्रह गरे । उनले हकअधिकारको लागि नेपालमा मधेसी समुदायले पुनः आन्दोलन  गर्न सक्ने हुनाले तम्तयार रहन आग्रह गरे ।
मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतका पूर्वमन्त्री सञ्जय पासवान, सांसद सतीश दुबे, डा। सञ्जय जयसवाल, रेणु देवी, पत्रकार चित्तरञ्जन गुप्ता, पङ्कज कुमार, सञ्जयप्रकाश पाण्डेय, पर्साका सांसद फूलझरी देवी, पूर्वसभासद् आत्माराम साहलगायतको उपस्थिति थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी