
काठमाण्डौ – सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ । उसले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रूपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाँड्न लागेको हो । –नागरिक दैनिकले खबर लेखेको छ ।
कात्तिक तेस्रो सता तामाकोसी आयोजनास्थलको आकस्मिक निरीक्षणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी ऋणलाई सेयरका रूपमा वितरण गर्ने आश्वासन बाँडेका थिए । राजधानी फर्केलगत्तै दाहालले त्यसका लागि मापदण्ड मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए ।
सेयर वितरणको खाका कसरी तयार पार्दा प्रभावकारी हुन्छ भन्नेबारे प्रधानमन्त्री दाहालले विज्ञहरूसँग राय सुझावसमेत लिएका थिए । विज्ञबाट पनि सरकारले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रकम सेयरका रूपमा पूर्वमाओवादी लडाकु, अति विपन्न तथा सहिद र बेपत्ताका परिवारलाई वितरण गर्न सकिने सुझाव दिएपछि त्यही आधारमा सरकार अघि बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्