
कपिलवस्तु – उखुको मूल्य निर्धारण नभएको बहाना बनाउँदै जिल्लाको जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले उधारोमा उखु लिएपछि कृषक मारमा परेका छन् । मिलले भारतबाट आयातीत उखुलाई भने नगदै दिने गरेको कृषक बताउँछन् ।
मिल प्रशासनले आफूखुसी प्रतिक्विन्टल ४ सय ९२ रुपैयाँ मूल्य कायम गरी नेपाली कृषकसँग उखु किन्ने गरेको छ । भारतीय उखुलाइ भने प्रतिक्विन्टल ५ सय १२ रुपैयाँ नगदै दिने गरेको खबर आजको नागरिक दैनिकमा छ ।
उखु किसान संघ जिल्ला अध्यक्ष अनुप चौधरीले मिलले आफूखुसी मूल्य तोकेर स्वदेशी किसानसँग उधारेमा किनेकोप्रति रोष प्रकट गरे । उनले मिलले अझैसम्म किसानको २ बर्षको २ करोड रुपैयाँ नदिएको बताए ।
मिलले प्रत्येक दिन ७ हजार क्विन्टल भारतीय उखु आयात गर्ने जनाएको छ । मिलका क्यान अधिकृत हरिनारायण चौधरीले मूल्य कायम नभएको किसानलाइ तत्कालै भुक्तानी दिन असजिलो भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्