×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिवारीको हत्या मनोज पुनले नै गरेको प्रहरीको दावी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तिवारीको हत्या मनोज पुनले नै गरेको प्रहरीको दावी

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एमाले भात्रृ संगठन रुपेन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या अपराध स्वीकार गर्ने मनोज पुनलाई एमालेकै सक्रियतामा एक पटक प्रहरी कैदबाट मुक्त गरिएको खुलासा भएको छ । एमालेका पूर्व कार्यकर्ता समेत रहेका  देवदह नपा ६ का २८ वर्षीय मनोज पुन भन्ने पनोज बुढाको मगर हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका थिए । तर पाँच बर्षअघि एमालेकै दवावमा उनीबिरुद्ध किटानी जाहेर गर्न नदिई थुना मुक्त गरिएको एक प्रहरी अधिकृतले बताए ।
पुन एमालेको कार्यकर्ता रहँदा चन्दा असुली र गुन्डागर्दी गर्दै आएका थिए । सानातिना ठेक्का पट्टादेखि चन्दा असुल गर्न थालेपछि उनलाई प्रहरीले पक्रउ गरेको थियो । तर करिव पाँच बर्षअघि उनलाई एमाले स्थानीय नेताहरुको दवावमा छुटाईएको थियो । एमालेको दवावमा छुटेका पुनले फेरी गुन्डागर्दी र चन्दा आतंक मच्चाउन थालेपछि एमालेले निलम्बन गरेको थियो । आफुलाई निलम्वन गराउन दुर्गा तिवारीको हात रहेको उनले आरोप लगाउँदै आएका थिए । पुनको चन्दा आतंकबिरुद्ध तिवारी सक्रिय पनि भएका थिए ।
तिवारीसँगको रिसीवी राखेका पुनले  ९ महिना अघि  गोली प्रहार गराएका थिए भने २० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसपछि फरार रहेका मनोजबिरुद्ध संगठित अपराध हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग जस्ता मुद्दा लागेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी