
काठमाण्डौ – राप्रपाका कमल थापाले प्रमुख तीन दल स्थानीय निकायको निर्वाचन गराउन गम्भीर नदेखिएको आरोप लगाएका छन् । गोरखामा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले मुख्य दल सत्ता केन्द्रित भएको बताए ।
अध्यक्ष थापाले ठूला दलका केही सीमित नेताले सिन्डिकेट लगाएर देशमा ब्रह्मलुट गरेको जिकिर गरे । ०६२(६३ को जनआन्दोलनपछि लोकतन्त्र आयो भन्दै सिन्डिकेटतन्त्र हावी भएको उनको भनाइ छ । संविधानको धारा ३०३ मा स्थानीय निकायको निर्वाचन गराउने भने पनि सत्तामा रहेका दलका नेताले नै चुनाव गराउन आलटाल गरिरहेको उनले बताए ।
मुख्य दलका नेताहरूले पटक–पटक बोली फेर्दा १९ वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन नसकेको भन्दै अध्यक्ष ठूला दलको सत्ता लिप्सा र गलत नीतिका कारण जनता वाक्क भइसकेको बताए । सत्तामा पुग्न विदेशीको आशीर्वाद चाहिन्छ भन्ने भावनाको विकास भएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
०६२(६३ को आन्दोलनलाई परिवर्तन भन्दै संस्थागत गर्ने नाममा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर हिन्दू राष्ट्रको पहिचान मेटाइएको भन्दै उनले देशलाई धार्मिक द्वन्द्वमा फस्न नदिन राप्रपा हिन्दू राष्ट्र बनाउने संकल्पका साथ अघि बढेको बताए । पछिल्लो समय जातीय, क्षेत्रीय र साम्प्रदायिक भावना बढेर गएको भन्दै उनले यसलाई ठीक तरिकाले व्यवस्थापन गर्न नसकिए देश टुक्रन सक्ने बताए ।
सभालाई सम्बोधन गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराले अखण्ड नेपाल कायम राख्नका लागि दुई राप्रपा एक भएको बताए । उनले पार्टी हिन्दू राष्ट्रको ‘चिराग’ लिएर मेची–महाकाली यात्रामा निक्लिएको बताए ।आजको नयाँ पत्रिका दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्