
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – बुटवलमा बन्दकर्ताले बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन्। काठमाडौंबाट भैरहवा विमानस्थलमा ल्याइएको बिरामी बोकेको लु १ च २१३१ नम्बरको एम्बुलेन्स बुटवल राजमार्ग चौराहामा तोडफोड गरेका हुन् । चौराहामा रहेको प्रहरी विट नजिकै एम्बुलेन्स रोकेर तोडफोड गर्दा पनि प्रहरी मुकदर्शक बनेको थियो ।
बुटवल दीपनगरका बिरामीलाई घर पु¥याउँदै गरेको अवस्थामा तोडफोड भएको चालक ज्ञानबहादुर भट्टचनले बताए । काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका बिरामी शनिचरी श्रेष्ठलाई गाडीको सिसाले काटेको चालक भट्टचनले बताए । आज बिहान बन्दकर्ताले देवदह मेडिकल कलेज देवदहमा कार्यरत चिकित्सकहरु चढेको लु १ च ३४४९ नम्बरको एम्बुलेन्सको हावा फुस्काइदिएका थिए ।
प्रदेश नम्बर पाँचका पहाड र तराईका जिल्ला अलग गर्ने सरकारी प्रस्तावको विरोधमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाललगायतका दलहरु सहभागी संयुक्त संघर्ष समितिको आह्वानमा हिजो देखि प्रदेश नम्बर पाँचका १२ जिल्ला बन्द छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्