
काठमाण्डौ – कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले भारतीय निर्देशिकाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । ‘निर्देशिका भारतको आन्तरिक विषय हो, दुई मुलकबीच भएको पिटिएका आधारमा विद्युत्को व्यापार हुन्छ,’ उनले भने, ‘पिटिएको व्यवस्थाअनुसार छलफल हुन्छ, अहिले नै आत्तिनुपर्ने अवस्था छैन ।’
अबदेखि सरकारले एक सय मेगावाटभन्दा साना जलविद्युत् आयोजनामा हात नहाल्ने शर्माले घोषणा गरे । ‘एक सय मेगावाटभन्दा मुनिका जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रलाई अनुमति दिइनेछ । यसबाट अरू धेरै कम्पनीले लाइसेन्स पाउनेछन्, निजी क्षेत्र प्रोत्साहित हुनेछ,’ उनले भने, ‘सरकारी स्वामित्वको जलविद्युत् उत्पादन कम्पनीमा निजी ऊर्जा उत्पादक कम्पनीले पनि संस्थागत सेयर हाल्न पाउने व्यवस्था गर्नेछौँ ।’
ऊर्जाको आवश्यकतामा अनावश्यक बहस भइरहेको भन्दै उनले अबदेखि नेपाल विद्युत् प्राधिकरणले पिपिए ९विद्युत् खरिद सम्झौता० गर्दा ‘टेक अर पे’ ९अर्थात् निजी क्षेत्रका कम्पनीहरूले उत्पादन गरेको विद्युत् आवश्यक परे खरिद गर्ने, नपरे नगर्ने व्यवस्था० हटाउने घोषणा गरे । ‘टेक अर पेको सट्टा ‘टेक एन्ड पे’को व्यवस्था गरिनेछ । यसबाट जलविद्युत् उत्पादनको क्षेत्रमा ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना हुनेछ,’ उनले भने, ‘उत्पादन गरेको विद्युत् प्राधिकरणले नकिन्ने हो कि भन्ने त्रासबाट ऊर्जा उत्पादकहरू मुक्त हुनेछन् । परिणामस्वरूप विद्युत् उत्पादन कार्यले तीव्र गति लिनेछ ।’आजको नयाँ पत्रिका दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्