×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनका लागि मोर्चालाई प्रेरित गर्दै डा . भट्टराई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आन्दोलनका लागि मोर्चालाई प्रेरित गर्दै डा . भट्टराई

Artha Sarokar

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन नसकेकै बेला पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संशोधन विधेयकले मधेसीको मुद्दा सम्बोधन नगर्ने भन्दै आन्दोलनलगायत वैकल्पिक रणनीति तयार गर्न मधेसी मोर्चाका नेताहरूलाई सुझाव दिएका छन्।पूर्वमन्त्री केशवमान शाक्यको निवास बबरमहलमा बिहीबार अपराह्न मधेसी मोर्चाका नेतासँग गरेको तीन घन्टा लामो परामर्शमा भट्टराईले उनीहरूलाई आन्दोलनका लागि प्रेरित गरेका हुन् ।
भट्टराईसँगको छलफलमा मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबाट शनिबारसम्म संशोधन प्रस्ताव पारित गराउने सार्वजनिक प्रतिबद्धता माग गर्ने बताएका थिए ।
दाहाल–देउवाबाट आफूहरूले माग गरेअनुसारको प्रतिबद्धता शनिबारसम्म नआए आइतबार विज्ञप्ति जारी गरी प्रस्तावित स्थानीय निकाय निर्वाचन बिथोल्नेसहितको आन्दोलन घोषणा गर्ने रणनीतिमा मोर्चा पुगेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए ।
नयाँ शक्ति नेपालका संयोजक भट्टराईले मधेसी मोर्चालाई संविधानको मूल धारमा ल्याउने उद्देश्यसहित संशोधन विधेयक दर्ता गरेका दाहालले एकाएक पुरानो संरचनाअनुसार स्थानीय निर्वाचनमा जाने रणनीति बनाउँदा आफू अत्यन्त दुखित बनेको बताएका थिए ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी