×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदको मोवाइमा चेतावनीसहितको म्यासेज आएपछि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांसदको मोवाइमा चेतावनीसहितको म्यासेज आएपछि

३० मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – ‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’ मोवाइलमा टिनटिन म्यासेज आएपछि सांसद भरत साउद एक छिन त अक्क न बक्क परे ।
मोावाइलामा कसैले धम्की दिएको भन्दै उनी आत्तिए पनि । तर पुरै म्यासेजको अर्थ बुुझेपछि भने उनी म्यासेज हेर्दै मुसुुमुसु हाँसे । युवा विद्यार्थीहरुले सबै सांसदहरुको मोवाइलाईमा होसियारीको म्यासेज पठाएपछि आज सांसदहरुबीच त्यही गफको मेलो बनेको छ ।
संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले आज व्यवस्थापिका–संसद्का सदस्यलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् ।
सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो । उनीहरुले ‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’ भनी मोबाइलमा सन्देश लेखेर प्रवाह गरेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न यस्तो अभियान सुरु गरेका हुन् । युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । सोही कार्यक्रमअन्तर्गत आज सन्देश प्रवाह गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी