×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड सरकारका सबैभन्दा धनाढ्य मन्त्री हुन स्वास्थ्य मन्त्री थापा

LAXMI SUNRISE BANK
GLOBAL

प्रचण्ड सरकारका सबैभन्दा धनाढ्य मन्त्री हुन स्वास्थ्य मन्त्री थापा

३० मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पछिल्लो समय  विभिन्न चर्चा तथा परिचर्चा कमाउन सफल  स्वास्थ्य मन्त्री गगन थापा पछिल्लो समय सम्पत्तिका कारण चर्चामा छन् । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति देखेर धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
विद्यार्थी नेता हुँदै राजनीतिको मूल प्रवाहमा प्रवेश गरेका उनी २० लाख रुपैयाँ ऋण लगाएका साहू रहेछन् । सम्पत्ति विवरण अनुसार उनीसँग काठमाडौँमा २ वटा घर छ । सोलुखुम्बुमा ८० रोपनी जग्गा छ । ७३ लाखको त सेयरमात्र छ । बजारमूल्यलाई आधार मान्ने हो भने यो करोडौँको हुनसक्छ ।
१६ तोला सुन, २ सय तोला चाँदी र केही थान हिरापनि गगनसँग छ । मध्यम बर्गीय परिवारको सदस्य बताउने उनको यो सम्पत्तिले धेरैलाई चकित तुल्याएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी