×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से शून्य दशमलव १० प्रतिशत घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्से शून्य दशमलव १० प्रतिशत घट्यो

Artha Sarokar

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – बुधवार नेप्से परिसूचक शून्य दशमलव १० प्रतिशत घटेको छ । कारोबारको सुरुवातमा बढेको नेप्से १ घण्टाको व्यापार अवधिपछि बाटो परिवर्तन गरेर ओरालो लागेको नेप्से ३ घण्टको व्यापारमा १ दशमलव ४६ अङ्क घटेको छ । कारोबारमा आएको बैङ्किङ, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बाहेक अन्य सबै परिसूचक ओरालो लागेपछि नेप्सेपनि ओरालो लागेको छ ।
सो अवधिसम्म उत्पादन तथा प्रशोधन समूहको परिसूचक १५ दशमलव ३६ अङ्क बढेको छ भने बैङ्किङ समूहको शून्य दशमलव शून्य १ अङ्क बढेको छ । ‘अन्य’ समूहको परिसूचक भने स्थिर रहेको छ । कारोबारमा आएको होटल समूहको परिसूचक १ दशमलव २६ प्रतिशत घटेको छ ।
 त्यसैगरी, जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ७४ प्रतिशत, विकास बैङ्क समूहको शून्य दशमलव ३ प्रतिशत, वित्त समूहको शून्य दशमलव २६ प्रतिशत र बीमा समूहको शून्य दशमलव १६ प्रतिशत घटेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी