
अमेरिकी राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले उनको मुलुकको एक चीन नीतिमाथि प्रश्न उठाएका छन्। चीनबाट फाइदा नलिइ उक्त नीतिलाई निरन्तरता दिनुको औचित्य आफूले नदेखेको उनले बताए।
फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ‘एक चीन’ नीतिमा अमेरिका बांधिरहनु नहुने टिप्पणी गर्दै भने, “म यो बुझ्दिन कि हामी एक चीन नीतिमा किन बांधिनुपर्छ। हामीले व्यापार लगायतका अन्य क्षेत्रमा हुने सम्भावित सम्झौतासंग त्यसलाई जोड्दैनौं भने किन त्यसलाई मान्ने?”
ट्रम्पले थप अगाडि भने, “हेर्नुस्, चीनले जानाजान आफ्नो मुद्राको भाउ घटाउंदा हामीलाई असर परेको छ। हामीले कर लगाएका छैनौं तर उनीहरुले सीमामा त्यसो गरिरहेका छन्”। “चीनले साउथ चाइना सीमा सैन्य किला बनाएको छ जुन उसले गर्नहुन्थेन। चीनले मलाई प्रभावित पारोस् भन्ने म चाहन्न”। ट्रम्पको पछिल्लो टिप्पणीप्रति बेइजिंगले कटु प्रतिक्रिया जनाउने ठानिएको छ।
यसअघि पनि उनले ताइवानी राष्ट्रपतिसंग टेलिफोनमा कुराकानी गरेपछि चीन रुष्ट बनेको थियो। चीनले ताइवानलाई आफूबाट अलग्गिएको प्रान्तको रुपमा हेर्छ। प्रष्ट नभनेपनि अमेरिकाले समेत त्यसलाई स्वीकार गरेको छ। त्यही अमेरिकी नीति नै सन् १९७९ यता अमेरिका-चीन सम्बन्धको प्रमुख आधार रहंदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्