×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभामुख घर्ती आफै लागि परिन गतिरोध अन्त्य गर्न

LAXMI SUNRISE BANK

सभामुख घर्ती आफै लागि परिन गतिरोध अन्त्य गर्न

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सभामुख ओनसरी घर्ती मगर सत्तारुढ दल र प्रतिपक्ष राजनीतिक दलका शिर्ष नेताहरुसँग राजनीतिक गतिरोध अन्त्य गर्न बार्गेनिङमा जुटिरहेकी छिन् ।
संसदमा संविधान संशोधनको प्रस्ताव पेश भएसँगै प्रमुख प्रतिपक्ष दलले संसदको बैंठक अबरुद्ध गर्दै आएको छ र  उनी अहिले यहिँ विषयको समस्या समाधान गर्न सत्तारुढ दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादर र प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरिरहेकी छिन् । अहिले उनी अध्यक्ष ओलीसँग यस विषयमा कुराकानी गरिरहेकी छिन् ।  एमाले अध्यक्ष ओलीले जहिलेसम्म प्रचण्ड सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिँदैन त्यतिबेलासम्म सडकमा उत्रिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यसविषयमा केही लछारपाटो लगाउँन नसक्दा सभामुख घर्तीले कसरी सत्तारुढ दलका नेताहरुलाई बसमा ल्याउँन सक्छिन  कि चियाँपान भेटघाट कार्यक्रम मात्रै हो त सभामुख कार्यकक्षमा यहिँ प्रश्न गम्भीर बनेको छ ।
बिहीबार दिँउसो सभामुखको कार्यकक्षमा भएको सभामुख–देउवाबीचको छलफल करीब  १५ मिनेट चलेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी