×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले राखे तेश्रोपटक प्रधानमन्त्री बन्ने इच्छा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रधानमन्त्री प्रचण्डले राखे तेश्रोपटक प्रधानमन्त्री बन्ने इच्छा

Artha Sarokar

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – उद्योग वाणिज्य संघ धनगडीले आयोजना गरेको सूदुरपश्चिम महोत्सवको उद्घाटनमा प्रधानमन्त्री प्रचण्डलाई १६ किलोको माला लगाएर स्वगत गरेको छन् ।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा प्रचण्डलाई आयेजकले २१ किलोको माला लगाईदिएका थिए । ५ वटा माग पुरा भएकोले ५ किलो घटाएर १६ किलो माला लगाएका आयोजकले बताएको छ ।
प्रचण्डले सम्बोधन गर्ने क्रममा फेरि तेस्रोपटक प्रधानमन्त्री बनाइदिए यसरी मालाको भारी बोक्नु नपर्ने बताएका छन् । अघिल्लो पटक २१ किलाको मालाको भारी बोक्नु परेको थियो अहिले घटेर १६ किलो भएछ । अर्को पटक  प्रधानमन्त्री भएपछि यसरी मालाको भारी लगाउनै नपर्ने उनले बताएका छौ ।
आयोजक सिमितिले सूदुरपश्चिमबासीको तर्फबाट प्रधानमन्त्रीलाई १० वर्षसम्म ट्याक्स फ्री जोन घोषणा, विशेष औद्योगिक क्षेत्र, गेटा विमानस्थललाई वैकल्पिक अन्तराष्टिय विमानस्थल लागाएतमा १६ बुँदे मागपत्र पेश गरेका छन् ।
उनले सुदुरपश्चिमको विकासका लागि आफुले पटक–पटक पहल गरिरहेको र नयाँ नेपालको निमार्ण पनि सुदुरपश्चिम बाटै हुनु पर्ने बताएका छन् ।
सुदुरपश्चिमको विकासको लागि चीनसँग मिलेर काम गर्ने, खप्तड क्षेत्रका पर्यटन व्यसायीलाई लगानीको वातावरण बनाउने र कैलालीमा गहुँको सुपर जोन स्थापनको पहल गर्ने बताएक छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी