×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इराकमा हवाई हमला ६३ जना सर्वसाधारणको मृृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इराकमा हवाई हमला ६३ जना सर्वसाधारणको मृृत्यु

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – इराकमा गरिएको हवाई आक्रमणमा ६३ जना सर्वसाधारण मारिएका छन् । इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम इलाकामा गरिएको हवाई आक्रमणमा गल्तीले उनीहरु मारिएको जनाइएको छ ।
मारिनेमा १९ बालबालिका र १२ जना महिला रहेका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी एअर फोर्स दुबैले आक्रमण गरिरहने क्षेत्र भए पनि कसको आक्रमणमा उनीहरु मारिएका हुन् भन्ने यकिन भएको छैन ।
हमलामा दर्जनौं मानिस घाइते भएका छन् । आईएसको मूख्यालय मानिएको एक मस्जिदलाई लक्ष्य गरी प्रहार गरिएको मिसाइल गल्तीले ब्यस्त बजारमा खसेको जनाइएको छ ।
आईएसले भने यसलाई नरसंहारको संज्ञा दिँदै एक सय २० जना मारिएको जनाएको छ । आक्रमणबाट बजार क्षेत्रका भवनहरु पूर्णतः नष्ट भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी