×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी कर्मचारीहरुले राखे तलब सुविधा बढाउन माग

LAXMI SUNRISE BANK

सरकारी कर्मचारीहरुले राखे तलब सुविधा बढाउन माग

२२ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौ – संसदले सर्वसम्मतीबाटै सांसदहरुको तलब सुविधा बढाएको केहिँदिन नपुग्दै निजामति कर्मचारीहरुको तलब सुविधा बढाउँने भएको छ ।
निजामति कर्मचारीहरुको पनि तलब सुविधा बढाइनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार भएको उक्त समितिले बताएकोछ ।
समितिले बिशिष्ट श्रेणी अर्थात सचिव तह र सो भन्दा माथिका कर्मचारीहरुको लागि सरकारी आवासको व्यवस्था नभएको भन्दै आवासको समेत व्यवस्था गर्नुपर्ने दवाव दिइएको छ ।
सिफारिसकर्ताहरुको माग यतिमात्र होइन उसले सहसचिव र सो सरहका कर्मचारीका लागि सवारी साधन उपलब्ध गराई सवारी चालकको तलब, इन्धन र मर्मत खर्च उपलब्ध गराउनुपर्ने अडान राखेको छ ।
समितिले उपसचिव वा सो सरह र अधिकृत वा सो सरहका कर्मचारीलाई एउटा मोटरसाइकल, मासिक १० लिटर इन्धन र मर्मत खर्च उपलब्ध गराउनुपर्ने र सवारी साधन नपाउने कर्मचारीका लागि भने मासिक रुपमा यातायात खर्च उपलब्ध गराउन सिफारिस गरेको बताइएको छ ।
यससँगै,राजधानी लगायत सुविधा सम्पन्न भएका ठाउँमा निजामति कर्मचारीहरुको मासिक तलब १५ हजार सहित पोशाक भत्ता एक सय प्रतिशतले वृद्धि गर्नुपर्ने सिफारिस पत्र तयार गरिसकिएको छ । भने, हिमाली जिल्लामा काम गर्ने कर्मचारीका लागि भने पोसाक भत्ताका साथमा तलब ३० हजार पु¥याउन सिफारिस गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी