
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ’, ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभामा युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायतले सम्बोधन गर्दै संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजाने भएकाले फिर्ता गर्न माग गरेका थिए ।
प्रदर्शनमा विपक्षी दलका भातृ संघठन, युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघठन, प्रगतिशील युवा संघ, अखिल नेपाल युवक संघ तथा अखिल छैटौँको सहभागिता रहेको थियो ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्