×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लियो

Artha Sarokar

२२ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं  – एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संविधान संशोधनको विपक्षमा उभिने निर्णय गरेको छ ।
परिवार दलद्वारा जारी प्रेस नोट अनुसार संविधान संशोधन प्रस्तावलाई यथाअवस्थामा समर्थन गर्न नसकिने जनाएको हो । सरकारले अगाडि सारेको संशोधन प्रस्तावलाई परिवार दलले बिबादास्पद भन्दै आलोचना गरेको छ ।
मंगलबार पुरानो बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संशोधनको विपक्षमा उभिने निर्णय गरेको जनाइएको छ । परिवार दलका दुई सांसद छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमालेका अध्यक्ष केपी ओलीलाई भक्तपुरको बालकोटमा पुगेर भेट गरेका थिए । त्यसलगत्तै बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संशोधनको विपक्षमा उभिने निर्णय गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी