Skip to content
LAXMI SUNRISE BANK

सुनसरीमा आगलागी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – सुनसरीको दुहबी भलुवा नगरपालिका–४ मा रहेको हनुमन्त पोलिटेक उद्योगमा आगलागी भएको छ। साँझ ६ बजेदेखि लागेको आगो नियन्त्रणका लागि अहिले पनि प्रहरी तथा दमकलले प्रयास गरिरहेको छ। आगो निभाउनका लागि इटहरी र इनरुवाबाट दमकल ल्याइएको प्रहरीले जनाएको छ। 
प्रत्यक्षदर्शीका अनुसार आगो नियन्‍‍त्रण बाहिर गइसकेको छ। त्यसैले तत्काल नियन्‍‍त्रणमा आउने अवस्था छैन्।  सिलिण्डर बिष्फोट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ। हनुमन्त उद्योगले टि(फोम, सोफा, तथा जाडोमा ओछ्याउने फोम उत्पादन गर्ने गर्दछ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK