×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिहारको विमानस्थल बनाउन बाराको विमानस्थल निर्माणमा अवरोध भयो’ओलीले भने

LAXMI SUNRISE BANK

‘बिहारको विमानस्थल बनाउन बाराको विमानस्थल निर्माणमा अवरोध भयो’ओलीले भने

२१ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पारिको विमान स्थल बनाउने काम सकाउन वारिको विमान स्थल बनाउन नदिएको कुरा खुलस्त पारेका छन् ।
सोमबार राति एमाले संसदीय दलको कार्यालयको सभाकक्ष सिंह दरबारमा एयरपोर्ट– फास्ट्रयाक निर्माण सङ्घर्ष समितिको ज्ञापन पत्र बुझने क्रममा ओलीले सो कुरा बताएका हुन् ।
उनले जसरी हुन्छ वारि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यमा अलमल पार्ने र पारि भारतको बिहारमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कार्य सम्पन्न गर्ने भारतीय रणनीति अनुरूप यस्तो भइरहेको दाबी गरे ।
यसो हुँदा एकातिर फास्ट्रयाक निर्माणको कुरा टुङ्गिने र बारामा दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल बन्ने सम्भावना टरेर जाने उनको भनाइ थियो । आफूले नेपालीको भावनालाई कहिल्यै आघात पुग्न नदिने भन्दै उनले समितिको दबाबमूलक कार्यक्रममा ऐक्यबद्धता रहेको भन्दै अभियानकर्मीले ल्याएको टोपी लगाएर अभियानकर्मीहरूमा उत्साहसमेत थपेका थिए ।
अध्यक्ष ओलीले फास्टङ्याकको निर्माण ठेक्का भारतलाई दिने निर्णयलाई आफ्नो नेतृत्वको सरकार हुँदा सच्चाएको र अब नेपालीहरूबाटै त्यसको निर्माण सुरु गर्न सरकारलाई दबाब दिने बताए । साथै नेपाली ४० लाखभन्दा बढी युवाहरू अरू मुलुकमा गएर अरूको देश बनाउन कसिरहँदा हाम्रो देशमा पूर्वाधारको कमी देखाएर अरूलाई राष्ट्रिय गौरवको आयोजना फास्ट्रयाक बनाउन दिनु घातक हुने बताए ।
“फास्ट्रयाक निर्माण गर्ने काम सुरु गर्न मेरै पालामा ९ अरब बजेट छुट्याइसकेको हो, प्रचण्डजीको नेतृत्वमा सरकार बनेको ४ महिना बितिसक्दा पनि काम सुरु किन भइरहेको छैन रु”, ओलीको प्रश्न थियो । भारतसँग ऋण लिएर १५ अरब अनुदान र बाँकी रकम ऋण लिएभन्दा कम ब्याजमा उल्टै ऋण दिएर फास्ट्रयाक बनाउन दिनुपर्छ अनि वार्षिक शुल्क पनि बुझाउनुपर्छ भन्ने भारतको मागकै कारण ठेक्का रद्ध गरिएको उनले स्पष्ट पारे ।
उखान र टुक्कामा माहिर नेता ओलीले स्याटालाइटबाट खिच्नेले खिचिसकेको, बाटो हेर्नुपर्नेले हेरिसकेको भन्दै अब सवारी साधनमा नै घर फर्कन अभियानकर्मीहरूलाई सल्लाहसमेत दिए ।
अभियानकर्मीहरूले आफूहरूको मागको उचित सम्बोधन नभए पुनः हिँडेरै जान तयार भएको भन्ने भनाइको जवाफमा उनले आफू प्रधानमन्त्री नभई प्रतिपक्षी दलको नेता भएको हुँदा संसदमा यसबारे खरो रूपमा प्रस्तुत हुने र ढुक्क भएर न्यानो तराई फर्कन अनुरोध गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी