×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऊर्जा मन्त्रीको गाउँ नै अध्यारोमा

LAXMI SUNRISE BANK

ऊर्जा मन्त्रीको गाउँ नै अध्यारोमा

२१ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ –  रुकुम क्षेत्र नं २ का सांसद् जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जा मन्त्री हुँदा रुकुमेली जनता खुसी थिए । ऊर्जा मन्त्री शर्माले  रुकुममा विद्युत् प्राधिकरणको कार्यालय समेत उद्घाटन गरे । चार महीनाभित्र केन्द्रीय लाईन जडान गरी रुकुम जिल्ला सदरमुकाम खङ्लगा लगायत ग्रामीण क्षेत्रमा समेत झिलिमिली बनाउने उद्घोषण गरे । तर विद्युत् प्राधिकरणको कार्यालय स्थापना गरेको एक महीना नपुग्दै उनकै घर गाउँ अँध्यारोमा  छ । मुसिकोट नगरपालिका ६ सेरिगाउँमा रहेको उनको घर अहिले अँध्यारो बनेको हो ।
स्यार्पूताल जलविद्युत २ सय किलोवाट क्षमताको विद्युत् उत्पादनमा समस्या भएपछि ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरको घरगाउँसँगै रुकुमका एक दर्जन बढी गाविस अँध्यारो बनेका हुन् । रुकुम सदरमुकाम मुसिकोट आसपासका एक दर्जन बढी गाविसका जनता दिनमा २२ घण्टाको लोडशेडिङको समस्या भोग्दै आएका छन् । विशेषगरी मुसिकाट नगरपालिकासँगै छिवाङ, मग्मा, वाँफिकोट, स्यालापाखा लगायतका गाविस अँध्यारोमा छन् ।
शर्मा मन्त्री भएसँगै उज्यालोका आश गरेका रुकुममेली जनता निरास भएका छन् । रुकुमका ग्रामीण क्षेत्र  झिलिमिली भएपनि सदरमुकाम मुसिकोट भने अध्यारोको समस्या भोग्न बाध्य छ  । रुकम उज्यालो कार्यक्रम अन्तरगत रुकुम जिल्लाका ग्रामीण भेगमा १० किलोवाटदेखि १ सय किलोवाटभन्दा बढी क्षमताका तीन  दर्जन बढी आयोजना निर्माण गरिएको छ भने दुई दर्जन बढी आयोजनाहरु निर्माणाधिन रहेका छन् । गाउँ उज्यालोसँगै रुकुमका दुई  गाविस खारा र चौखावाङ गाविस अँध्यारोमुक्त गाविस घोषणा समेत गरेका छन् । कतिपय गाविस घोषणाको तयारी गरिरहेका छन् ।
 रुकुमका गाउँ झिलिमिली बन्दै गएका छन् भने रुकुम सदरमुकाम मुसिकोट लगायत आसपासका शहर बजार अध्यारोमा छन् । रुकुमेली ऊर्जा विकास केन्द्रद्धारा सञ्चालित स्यार्पूताल जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् क्षमता भन्दा बढी वितरण गरेका कारण सदरमुकाम खङ्लगा अँध्यारो बनेको हो । जिल्लामा स्थापना भएका विद्युत् प्राधिकरणले समेत रुकुममा काम अगाडि नबढाउदा रुकुमेली जनता मारमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी