×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से ० ०४ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्से ० ०४ प्रतिशतले घट्यो

२१ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं –  मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । १ हजार ५ सय ४४ विन्दुबाट खुलेको बजार ३ घण्टाको व्यापारमा परिसूचक शून्य दशमलव ६५ अङ्कले घटेर १ हजार ५ सय ४३ दशमलव ९५ विन्दुमा पुगेको हो । 
वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, बैङ्किङ र बीमा  समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ३१ कम्पनीको ३ हजार ४ सय ७४ पटकको व्यापारमा रू। ५३ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको हो ।
वित्त कम्पनी समूहको परिसूचक शून्य  दशमलव ८८ प्रतिशतले बढेको छ भने बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ११ प्रतिशतले बढेको छ र बैङ्किङको शून्य दशमलव शून्य ६ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक शून्य दशमलव ९ प्रतिशत, विकास बैङ्कको शून्य दशलमव ६ प्रतिशत, होटलको शून्य दशमलव ५७ प्रतिशतले घटेको छ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी