
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको संचालक समितिका ३ जना सदस्यले स्पष्टीकरण बुझ्न नमानेपछि उर्जा मन्त्रालयले उनीहरुको नाममा सार्बजनिक सुचना जारी गर्दै ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
मन्त्रालयले सञ्चालकहरु मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामिछानेलाई मन्त्रालयले मङ्सिर १७ गते नै स्पष्टीकरणको लागि पत्र काटेको थियो । तर उनीहरुले पत्र नबुझेको, घर र कार्यालयमा जाँदा उपलब्ध नभएको र उनीहरुको परिवारले पनि बुझ्न इन्कार गरेको मन्त्रालयले जनाएको छ ।

स्पष्टीकरण बुझ्न असहयोग गरेपछि मन्त्रालयले गोरखापत्रमा सार्बजनिक सूचना जारी गरेर ७ दिन भित्र प्रष्टिकरण बुझाउन निर्देशन दिएको हो ।
उनीहरुमाथि नेपाल विद्युत प्राधिकरणको सुधार अभियानमा असहयोग गरेको, अनाधिकृत रुपमा बैठक बसेको, प्राधिकरणका निर्देशक कुलमान घिसिंग बिरुद्द अनाबश्यक प्रचारबाजी गर्दै सर्बसाधारणमा भ्रम पैदा गरेको आरोप लागेको छ ।
सात दिन भित्र जवाफ नदिए वा दिए पनि चित्त बुझ्दो नभए मन्त्रालयले उनीहरुलाई बर्खास्त गर्ने सक्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्