
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – संविधान संसोधनको एजेण्डाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी हल्लिने खतरा बढेको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसभित्रैबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र स्थानिय चुनावमा जानेगरि पहल सुरु भएको छ ।
संविधान संसोधनको एजेण्डाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी हल्लिने खतरा बढेको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसभित्रैबाट सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र स्थानिय चुनावमा जानेगरि पहल सुरु भएको छ ।
सम्झौताको ९ महिना नपुग्दै राजनीतिक समस्या समाधानका लागि भन्दै प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाएर सभापति देउवालाई ल्याउने पहलमा देउवापक्षका नेता नै लागेका छन् । स्रोतका अनुसार प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई समेत देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुगेको छ । कांग्रेसका दुई युवा एनपी साउद र चन्द्र भण्डारीले देउवाको प्रधानमन्त्री बनाउने विषयमा केपी शर्मा ओलीसँग छलफल गरेको स्रोतले जानकारी दिएको छ । ओलीलाई भेट गर्न नेता साउद र भण्डारी निवास बालकोटमा आइतबार साँझ पुगेका थिए ।
कांग्रेस नेता भण्डारीले ओलीसँग छलफल गरेको स्वीकार गरे । तर उनले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर नगएको दावी गरे । ‘केपी ओलीसँग छलफल भएको हो’ उनले नेपालपाटीसँग भने, ‘अहिले मुलुक नै संसोधन प्रस्तावले तातिरहेका बेला त्यसको निकासका विषयमा छलफल भएको हो तर सरकार बनाउने गिराउनेमा छलफल भएको छैन ।’ एमाले अध्यक्ष ओलीको सचिवालयले पनि कांग्रेस नेता भण्डारी र साउद छलफलका लागि आएको पुष्टि गरेको छ ।
अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले अध्यक्षसँग कांग्रेसका दुई युवा नेताको छलफल भएको तर विषयबस्तुबारे आफुलाई जानकारी नभएको बताए । तर ओली निकट स्रोतका अनुसार कांग्रेस नेता साउद र भण्डारील्ले सहमतिको एउटा विकल्पमा रुपमा देउवालाई प्रधानमन्त्री बनाएर चुनाव जाने सुझाएका थिए ।
जवाफमा एमाले अध्यक्ष ओलीले तत्काल तत्काल सरकार बदल्ने खेलमा नरहेको तर कांग्रेसबाटै प्रयास भए सहयोग गर्न सक्ने बताएका थिए । भण्डारी अहिले संविधान संसोधनमा सीमांकनका विरुद्धको आन्दोलनमा एमालेसँग सहकार्यमा रहेपनि साउद त्यसमा असम्बन्धित हुन । साउद देउवा निकट पात्र मानिन्छन् ।
माओवादी केन्द्र र नेपाली कांग्रेसबीच ९ महिनासम्म आलोपालो सरकार चलाउने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डले केहीदिन अघि आफु राजनीति भूकम्पको केन्द्रमा रहेका बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्