×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संशोधन तत्काल स्थगित गर्न राप्रपाको निर्देशन

LAXMI SUNRISE BANK

संविधान संशोधन तत्काल स्थगित गर्न राप्रपाको निर्देशन

२१ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – हिन्दूवादी पार्टी राष्ट्रिय प्रजातान्त्र पार्टीले सत्तारुढ दलहरुले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको ठाडो अस्विकार गरेको छ ।
सोमवार राप्रपाद्वयले एकीकरणपछि पहिलोे बैंठकको आयोजना गरि संविधान संशोधन प्रस्ताव राष्ट्रहित नभएको बताउँदै तत्काल सो मागलाई स्थगित गर्न दवाव दिएको हो ।
बैठकले संशोधन प्रस्ताव स्थगन गरी दलहरुसँग संवाद अघि बढाउन समेत आग्रह गरेको छ । बैंठकमा बोल्दै राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले भने– ‘सबै पक्षसँग छलफल गरी सहमतिका आधारमा अघि बढ्न हाम्रो आग्रह छ ।’
त्यस्तै, राप्रपका अध्यक्ष कमल थापाले सरकारले अगाडि सारेको प्रस्ताव देशको हित प्रतिकूल रहेको वताउँदै तत्काल सच्याएर चुनावमा होमिनु पर्ने सुझाव दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी