
समयमै बढुवा नहुदा योग्य प्रहरी अधिकृत पनि अवकाश हुँदै
काठमाडौं । ३० बर्षे सेवा अवधिका कारण ३० मङ्सिरबाट दुई प्रहरी नायव महानीरिक्षक (डिआइजी) सहित ३ दर्जन भन्दा सिनियर प्रहरी अधिकृतहरूले अवकाश पाउँदै छन् । डिआइजीद्वय हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले ३० बर्षीय सेवा अवधिका कारण ३० मंसिरमा अवकाश पाउँछन् । उनीहरूसँगै बढुवा भएका गोपाल भण्डारी पनि यतिबेला निलम्बन फुकुवा नहुँदै अवकाशको मुखमा छन् ।
डिआइजीमा तीन पद खाली हुने भएपनि राजनीतिक कारणले बढुवाको फाईल अगाडी बड्न सकेको छैन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूबाट डिआएजीमा बढुवाका लागि प्रहरी प्रधानकार्यालयले फाइल अघि बढाएपनि लोकसेवा आयोगले भने बिना कारण रोकेको छ । मल्ल, अधिकारी र भण्डारीको स्थानमा बढुवा लागि तीन जनाको सिफारिस भएपनि तत्काल एक जना मात्रै बढुवा हुने अवस्था रहेको प्रधान कार्यालय निकट स्रोतले दावी गरेको छ ।
बढुवाका लागि एसएसपीहरू गणेश केसी, लव विष्ट र केदारमानसिंह भण्डारी, रमेशकुमार भट्टराई, बलराम शर्मा पौडेल भएपनि उनीहरू मध्ये एक जनाको मात्रै फाइल अघि बढेको स्रोतले बताएको छ । १६ पुस २०६७ मा उनीहरू एक साथ बढुवा भएका थिए । तर प्रहरी प्रधानकार्यालयल अगाडी बढाएको फाइलमा लोकसेवा आयोगले सहमति नदिदा उनीहरूको बढुवा अलमलमा परेको छ । डिआइजी भण्डारी निलम्बनमा परेपछि उनको स्थानमा हाल कसैलाई पनि बढुवा गरिएको छैन ।
१५ पुससम्म बढुवा नभए पाचै जना एसएसपीहरू घर जानेछन् । कसको फाइल अघि बढेको भन्ने विषयमा प्रधान कार्यालयले गोप्य नै राखेको छ । स्रोतका अनुसार १५ पुसपछि २०४४ चैत २९ व्याजी पुरै डिआइजी हुनबाट रोकिने अवस्था पनि आउनसक्ने स्रोतले जनाएको छ । यदि त्यस्तो भए नेपाल प्रहरीमा हाल कार्यरत रहेका यादवराज खनाल, पुष्पचन्द्र रन्जित, भोगबहादुर थापा, मिलन बस्नेत पुस्कलराज रेग्मीहरूपनि घर जानेछन् ।
२ फागुनपछि ३० असार २०४५ को टोली डिआइजीमा बढुवा हुनेछ । त्यससँगै ३० फागुन २०४५ को टोलीका एकमात्र हकदार रमेश खरेल त्यसपछि सिधै २९ माघ २०४६को टोलीका सर्वेन्द्र खनाल, धिरु बस्नेत, राजेन्द्रमान श्रेष्ठ (हाल विरामी) पुस्कर कार्की, महेन्द्रराज पोखरेल डिआइजीमा बढुवा हुनेछन् । २०४५को अघिल्लो पछिल्लो टोलीलाई पछि पार्दै २०४६ को टोली अन्र्तगत बढुवा भएका सर्वेन्द्र खनाल तथा राजेन्द्रमान श्रेष्ठ एसएसपीमा बढुवा भएका थिए ।
उनीहरूसँग २७ चैत २०६८ मा बढुवा भएका उत्तम कुमार कार्की सुभाषचन्द्र चौधरी, छविलाल जोशी तथा ४ साउन २०७० मा बढुवा भएका धिरु बस्नेत र श्याम खत्री तथा त्यसको एक महिनापछि २७ भदौमा बढुवा भएका पुस्कर कार्की डिआइजीका प्रवल दावेदार हुन् । प्रहरी प्रधानकार्यालयले उनीहरूको कार्यक्षमता तथा मूल्यांकनको फाइल अगाडी बढाउने तयारी गरिरहेको छ ।
३० बर्षे सेवा हदका कारण ३० मङ्सिरमा तीस जना सिनियर अधिकृतहरू ले अवकाश पाउँदैछन् । प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीबाट उत्तम बहादुर सिंह, योगेश्वर रोमखामी, बिक्रमसिंह थापा र भुपाल कुमार भण्डारीले अवकाश पाउन लागेका हुन् । त्यस्तै गोविन्दराम परियार, जगतमान श्रेष्ठ, अजय भट्टराई, प्रेम बहादुर मल्ल, इश्वरी प्रसाद चापागाईं, स्थानेश्वर रेग्मी, पवन कुमार गिरि र सुदमकुमार सिजापतिले एसपीबाट अवकाश पाउदैछन् ।
त्यसैगरी कृष्ण बहादुर कुँवर, अरुण कुमार शाह, दिपक न्यौपाने, तोरण कुमार कार्की, दिपक कुमार शाह, जगन्नाथ गौतम, ज्ञानेन्द्र बहादुर पाख्रिन, मोहन कुमार परियार, यादव बहादुर घर्ति, मिन बहादुर रावल, विजय कुमार यादव, डम्बर बहादुर चन्द, डोलराज शाही, सोम बहादुर थापा, जिवन कुमार श्रेष्ठ, किसन सिंह बडुवाल, बालाजी रायमाझी, भक्त बहादुर विष्ट, दिलिप सिंह भण्डारी, कमलेश कुमार भट्ट, महेन्द्र बहादुर चन्द, कृष्ण प्रसाद शर्मा र रुपेश कुमार रावलले डिएसपीबाट विदा पाउदैछन् । जनप्रहार साप्ताहिकमा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्