×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई राष्ट्रघाती भन्ने साथीहरु हाम्रै पार्टीभित्र छन्

LAXMI SUNRISE BANK

प्रचण्डलाई राष्ट्रघाती भन्ने साथीहरु हाम्रै पार्टीभित्र छन्

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मलाई के लाग्छ, भने कांग्रेस,एमाले र राप्रपा भन्दापनि हामी बिग्रेका छौं । साथीहरुको ध्यान कसरी मालामाल बन्ने, कसरी पद ओगट्ने ? भन्नेमा छ,भने कुरा मालेमावाद छ । प्रधानमन्त्री प्रचण्डले हामी सबै कार्यकर्तालाई बोलाएर सुझाव दिनुहुन्छ । साच्चै भन्नुपर्दा हामी मालेवाद हौ तर व्यवहारमा छैंनौ ।
एमालेले संविधान संशोधनमा अधिकार नदिए देश टुक्रिन्छ, दिएर त टुक्रिदैन । त्यसैले एमालेले संविधान कार्यन्वयन नगर्ने पक्षमा उभिदैन जस्तो मलाई लाग्दैन । उहाँहरु संविधान कार्यन्वयनको बाटो मै हुनुहुन्छ । त्यसैले जनतालाई अधिकार दिने हो भने संविधान संशोधनको पक्षमा उभिनुपर्छ । तर जनजाति र मधेसीहरुलाई अधिकार दिने कुरामा विपक्षी दलहरुले विरोध गरिरहेका छन् । त्यसैले एमालेले यसप्रति गम्भीरतापूर्ण सोच्न जरुरी ठान्दछु ।
हामीले उठाएका विषयहरु पाउँन छलफल गरेर होइन क्रान्ति नै गर्नुपर्छ । त्यसैले सबैले  कम्प्रमाइज नै गरेर यो संविधान संशोधन पेश गरिएको हो । देशमा कलह त संविधान प्रस्तावले भएको होइन संशोधन नगरेर भएको हो । यस्तो काम गर्दा एकपटक कलह त निम्तिन्छ ।
यता, प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रघाती भन्ने साथीहरु पनि हाम्रै पार्टीभित्र छन् । उहाँ पार्टी, जनता र देशलाई कसरी अगाडि लाने भन्ने विषयमा सोच्नुहुन्छ । तर साथीहरु यसको फाइदा उठाउने खेलतिर लागेका छन् । यस विषयमा हामीहरुबीचमा टकराब पनि बढेको छ ।
साथीहरुलेृ संशोधनमाथि असन्तुष्टि राख्नुमा स्वभाविकै ठान्दछु । तर पोलिटब्युरो बैंठकबाटै छलफल गरेर हामीले संशोधन प्रस्ताव पेश गरेका हौं । तर, अहिले बाहिर ठिक विपरीत कुराहरु आइरहेका छन् । त्यसैले हामी नेता बिग्रिएपनि जनता तथा कार्यकर्ता देश परिवर्तन र क्रान्तिकै पक्षमा छन् ।
  •  एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी