×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राजदूत रायलाई देश निकाला गर्ने प्रक्रिया अघि बढ्यो

LAXMI SUNRISE BANK

भारतीय राजदूत रायलाई देश निकाला गर्ने प्रक्रिया अघि बढ्यो

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय राजदूत रणजीत रायलाई देश निकाला गर्न परेको उजुरीमा हेलो सरकारले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।
पत्रकार घमराज लुइटेलले हेलो सरकारमा दर्ता गराएको सो मागका सम्बन्धमा आइतबार हेलो सरकार डेस्कले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर कारबाही प्रक्रिया अघि बढाउन भनेको हो ।
पत्रकार लुइटेलले रायका पछिल्ला गतिबिधि कुटनीतिक मर्यादा विपरित भएको भन्दै ट्वीटरमार्फत देश निकाला गर्नुपर्ने मागसहितको उजुरी हेलो सरकारमा हालेका थिए ।
हेलो सरकार स्रोतका अनुसार ४४१०४ चलानी नम्बर भएको पत्रमार्फत उसले लुइटेलको उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउन परराष्ट्रलाई आग्रह गरेको हो ।
नेपालको राजनीतिले जटिल मोड लिएको समयमा राजदूत रायको सक्रियता बढ्ने गर्छ । जसका कारण पटक–पटक उनको आलोचनासमेत हुने गरेको छ । यसैसन्दर्भमा पछिल्लोपटक सरकारले दर्ता गरेको संविधान संशोधन विद्येयमाथि उनको चासो हुनु र मधेस केन्द्रीत दललाई दूतावास भवन बोलाएर निर्देशन दिएको खबरले चर्चा बटुलेको छ ।
यस्तोमा लुइटेलले रायले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरि कुटनीतिक मर्यादाको उल्लंघन गरको आरोपसहित उजुरी हालेका थिए । जुमा लेखिएको छ, ‘हेलो सरकार, कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस् ।’

  •  काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी