×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शितलनिवासको बैंठकमा दुई दलका नेताले रणाको मच्चाए

LAXMI SUNRISE BANK

शितलनिवासको बैंठकमा दुई दलका नेताले रणाको मच्चाए

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘ओ मिस्टर’ मधेसी मोर्चालाई नधम्क्याउनुस भन्दै आक्रोशित तरिकाले शीतलनिवास बैंठकमा प्रस्तुतभए ।
आइतबार सर्वदलीय बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले राखेकी थिइन् । उनले यो सर्वदलीय बैठक राखेको दोस्रोपटक भएको सुनाउँदै  सबै दलहरुलाई मिलेर सहमतिका आधारमा अघि बढ्न आग्रह गरेसँगै नेताहरुलाई बोल्ने समय दिइएको थियो ।
यससँगै,एमाले अध्यक्ष केपी ओलीले आफ्नो कुरा सबैका सामु प्रस्तुत गरे । उनले राष्ट्रपतिलाई सम्वोधन गरेपनि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई सम्वोधन नगरिनै आफ्नो भनाई राख्न थाले ।
बैंठकमा उनले सरकारले संसदमा पेश गरेको ५ नम्बर प्रदेश हेरफेर गर्ने प्रस्ताव राष्ट्रिय हित विपरीत भएको भन्दै त्यसलाई फिर्ता लिन सहमति गर्नुपर्ने बताए । उनले सरकार गठनदेखि संविधान संशोधन दर्तासम्म विदेशीको डिजाइन रहेको संकेत समेत गरेका थिए ।
अध्यक्ष ओलीले बोलिसकेपछि राप्राका नेता कमल थापाले बोले । त्यसपछि माले महासचिव सीपी मैनालीले राष्ट्रिय पोशाक दौरा सुरुवाललाई किन हटाइयो भन्दै प्रश्न तेस्र्याए ।
यससँगै,कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित हुँदै ओलीतर्फ आँखा लगाएर पाँच नम्बर प्रदेशबारे विगतमा आफैंले सही गर्दा राष्ट्रघाती नहुने, अहिले राष्ट्रघाती हुने रु भन्ने प्रश्न गरे । त्यति नै बेला ओलीले ‘त्यसो भन्न खोजेको होइन’ भन्दै प्रष्टीकरण दिन के खोजेका थिए । देउवाले उनीतिर औंलो तेर्स्याउँदै भने(‘ओ मिस्टर चुप १’ लाग्नुस । यता, प्रधानमन्त्री प्रचण्डले भने केही बोलेनन् । देउवाको कुरा सुन्न छाँडेर केहीबेरमा केपी ओली उठेर हिँडे ।
  बैठकमा एमालेका अन्य नेता वामदेव गौतम, विष्णु पौडेल सहभागित जनाएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी