Skip to content
LAXMI SUNRISE BANK

नेप्से १:४७ प्रतिशतले घट्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं –  सोमवार नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक २३ दशमलव शून्य ३ अङ्कले घटेर १ हजार ५ सय ४७ दशमलव ९२ विन्दुमा पुगेको हो । उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ३० कम्पनीको ३ हजार ३ सय ८१ पटकको व्यापारमा रू। ४५ करोड २९ लाख बराबरको शेयर कारोबार भएको हो ।
‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ९३ प्रतिशत, विकास बैङ्कको १ दशमलव ८५ प्रतिशत, होटलको १ दशमलव ९ प्रतिशत, बैङ्किङको १ दशलमव ५७ प्रतिशत, जलविद्युतको १ दशमलव ३७ प्रतिशत र  वित्त कम्पनीको शून्य दशमलव ९५ प्रतिशतले घटेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK