×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से १ ४७ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से १ ४७ प्रतिशतले घट्यो

Artha Sarokar

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सोमवार नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक २३ दशमलव शून्य ३ अङ्कले घटेर १ हजार ५ सय ४७ दशमलव ९२ विन्दुमा पुगेको हो । उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ३० कम्पनीको ३ हजार ३ सय ८१ पटकको व्यापारमा रू। ४५ करोड २९ लाख बराबरको शेयर कारोबार भएको हो ।
‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ९३ प्रतिशत, विकास बैङ्कको १ दशमलव ८५ प्रतिशत, होटलको १ दशमलव ९ प्रतिशत, बैङ्किङको १ दशलमव ५७ प्रतिशत, जलविद्युतको १ दशमलव ३७ प्रतिशत र  वित्त कम्पनीको शून्य दशमलव ९५ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी