×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध रुपमा चरेस बेच्न लाग्दा दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अवैध रुपमा चरेस बेच्न लाग्दा दुई जना पक्राउ

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – जाजरकोटमा अवैध रुपमा चरेसक किनबेच गर्न लाग्दा दुई जना पक्राउ परेका छन्। ७ किलो चरेस र ७९ हजार नगद सहित वौवस्ता ८ बाँकेकी तुलसा शाही र हरिबहादुर वमलाई छेडाबाट प्रहरीले आइतबार पक्राउ गरेको हो।
 चरेश किनबेचका लागि मोलमोलाई गरिरहेको अवस्थामा गस्तीमा खटिएको प्रहरीले उक्त लागू औषध चरेस बरामद गरेको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । जाजरकोटबाट सुर्खेततर्फ जाँदै गरेको बस रोकिएका बेला एकान्तमा गएर कुरा गरिरहेका शाही र वमलाई शंका लागि शरीर र झोला खानतलासी गर्दा  शाहीको जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारेर राखेको ७ किलो चरेस तथा वमको झोलाबाट ७९ हजार नगद बरामद भएको प्रहरी निरीक्षक भट्टले बताए। 
उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। जिल्लाका बिभिन्न ठाउँबाट एक हप्ताभित्र ५ जना लाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धेरैजसो महिला रहेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी