
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्रीले सरकार संविधान कार्यान्वयन गर्नका लागि गम्भीर रहेको र सहमतिको प्रयासमा लागेको जानकारी दिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्रीले भेटमा सबै पार्टीहरू समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए।
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा न्यायको व्यवस्थापन गरिने जानकारी दिएका छन्। भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेका थिए।
राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधैँ नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपर्ने जानकारी दिइन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्