×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! एटिएम बाट पैसा चोर्ने मेसिन बोकेको गिरोह नेपालमा सक्रिय !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

होसियार ! एटिएम बाट पैसा चोर्ने मेसिन बोकेको गिरोह नेपालमा सक्रिय !

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एटिएमबाट पैसा चोर्ने मेसिन बोकेर एउटा ठूलो गिरोह नेपाल छिरेको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार यो क्रम नेपालमा २०७१ मंसिरदेखि सुरु भएको हो । 

यसरी भयो खुलासा 
सीआईबीले विभिन्न बैंकको एटिएमभित्र छिरेर मोटो रकम निकालेको आरोपमा तीन टर्केली, दुई बुल्गेरियाली र चार रोमानियालीसहित नौ युरोपेली नागरिकलाई पक्राउ गरेपछि यस्तो तथ्यको खुलासा भएको हो । ब्यूरोले पछिल्लो दुई महिनामा ६ जनालाई पक्राउ गरेकामा सबै आपराधिक पृष्ठभूमिका रहेको प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए 
भिजिट भिजामा आएर यस्तो काम 
सीआईबीका अनुसार यस्ता पैसा चोरहरु नेपालमा भिजिट भिजामा आउने गरेका छन्अ । त्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्गलगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ ।
अधिकांसको पृष्ठभूमि ‘अपराध’, यस्तो छ प्रहरीको रेकर्ड  
सीआईबीका अनुसार कात्तिक १९ मा होटल नेपाल तारा ठमेलबाट पक्राउ परेका गीता हुजुम सन् २००७ मा लागु पदार्थ ओसारपसारमा दुई वर्ष ९ महिना जेल सजाय भोगेका व्यक्ति हुन् । सोही दिन पक्राउ परेका इसोफ मोरारु सन् २०१२ मा इटालीमा मानहानी मुद्दा खेपेका व्यक्ति हुन् भने एलेक्स क्रिष्टियान बुगुल्लान सन् १९९० मा रोमानियाँमा चोरीको आरोपमा तीन वर्ष ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन् । 
यसैगरी कात्तिक २५ मा यलो प्यागोडा होटल जमलबाट पक्राउ परेका टर्केली नागरिक मुहारिम उजुम टर्कीमा प्रतिलिपि अधिकार उलङ्घनमा कारबाही परेका व्यक्ति हुन् भने सिलाटिन यावर अवैध हातहतियार, यौनजन्य हिंसा र सरकारी कागजत किर्तेमा जेल सजाय भोगेका व्यक्ति हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी