×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से १ ५३ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से १ ५३ प्रतिशतले घट्यो

Artha Sarokar

१९ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

 काठमाडौं – आइतवार नेप्से परिसूचक १ दशमलव ५३ प्रतिशतले घटेको छ । ३ घण्टाको व्यापारमा नेप्से २४ दशमलव ५० अङ्कले घटेर १ हजार ५ सय ७५ दशमलव ९९ विन्दुमा पुगेको हो । 
यस व्यापार समयमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक ओरालो लागको हो । यस व्यापार अवधिमा १ सय २९ कम्पनीको ३ हजार २ सय ९७ पटकको व्यापारमा रू। ५१ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ ।  
बीमा समूहको परिसूचक २ दशमलव ९२ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक २ दशमलव ६३ प्रतिशत, होटलको २ दशमलव शून्य ७ प्रतिशत, बैङ्किङ समूहको १ दशलमव २६ प्रतिशत, वित्त कम्पनीको १ दशमलव १४ प्रतिशत र विकास बैङ्कको १ दशलमव ११ प्रतिशतले घटेको हो । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव २५ प्रतिशतले बढेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी