×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतिय राजदुत रायलाई फिर्ता पठाउ :सांसद थापा

LAXMI SUNRISE BANK

भारतिय राजदुत रायलाई फिर्ता पठाउ :सांसद थापा

१९ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले भारतीय गुप्तचर संस्था ‘रअ’को इशारामा नेपालको पाँच नम्बर प्रदेश टुक्राउने खेल शुरु भएको बताएकी छन् । नेपालको तराईलाई टुक्र्याएर भारतमा गाभ्ने योजना अनुरुप नै संशोधन प्रस्ताव आएको उनको दाबी छ ।
व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा सभामुखसँग समय लिएर सांसद थापाले पाँच नम्बर प्रदेश ट्क्र्याउने संशोधन पारित गर्न नेपालका लागि भारतीय राजदूत रञ्जित रायले दवाव दिइसकेको समेत बताइन ।
‘नेपालको तराईमा प्रदेश छुट्याउन दवाव दिने रु भारतको कश्मीरमा अलग देश बनाऊ भनेर हामीले दवाव दिएमा भारतलाई स्वीकार्य हुन्छ रु’ उनले प्रश्न गरिन् ।
उनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रायलाई फिर्ता पठाउन माग गरिन् । भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वप्रमुखले काठमाडौंमा बसेर राजनीतिक दलहरुलाई निर्देशन गरेको बताइन
। ‘रअ’का पूर्वप्रमुखको योजनामा राप्रपाको एकीकरण भएको र नेकपा एमालेलाई विभाजनको षडयन्त्र भइरहेको भन्ने समाचार प्रकाशमा आएका छन्’ उनले भनिन ।
राप्रपा एकीकरणमा विदेशीको संलग्नता रहेको भन्ने नेमकिपा सांसदको अभिव्यक्तीप्रति नियमापत्ति गर्दै राप्रपाका सुशील श्रेष्ठले पार्टी एकीकरणमा कसैको संलग्नता नरहेको स्पष्ट गरेका थिए ।
सांसद थापाले नेपालको आन्तरिक मामिलामा विदेशी गुहार्ने नेतालाई कारवाही गर्न पनि विधेयक ल्याउनुपर्ने माग गरिन । उनले सरकारले संसदमा दर्ता गराएको ‘राष्ट्रघाती’ विधेयक फिर्ता नगरेसम्म विपक्षी दलले संसदको बैठक चल्न नदिने बताइन् ।
नेकपा एमाले, माले, नेमकिपा, राजमो लगायतका दलका सांसदहरुले उभिएर संसद अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले संसदको बैठक मंसिर २२ गते १ बजे सम्मका लागि स्थगित गरेकी छिन् । संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलले बिहीबार देखि संसदको बैठक अवरुद्ध गर्दै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी