
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी राष्ट्राध्यक्षका हैसियतले संविधान संशोधनमार्फत मुलुकमा राष्ट्रिय एकता कायम गर्नका लागि पहल गर्न आग्रह गरेका छन् ।
प्रचण्डले हिमाल, पहाड र तराइलाई एकताबद्ध गरेर मात्र राष्ट्रिय एकता मजबुद हुनुका साथै मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सकिने भन्दै त्यसैका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको बताए ।
प्रचण्डले बिहीबार साँझ शीतलनिवास पुगी पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले संविधान संशोधन विधेयकको विरोधमा रहेका एमालेसहितका दललाई सहमतिमा ल्याउन पहल गरिदिन भनेका थिए ।
‘संविधान संशोधन नभए चुनाव हुँदैन, मुलुक अप्ठेरोमा पर्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रप्रमुखका हैसियतले तपाईंले केपी ओलीजीसहित एमालेका नेताहरुलाई सम्झाइदिनुप¥यो ।’ जवाफमा राष्ट्रपतिले दलहरुबीचको एकताले मात्र मुलुक बलियो हुने भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएकी थिइन् ।
एमालेले भारतीय डिजाइनमा राष्ट्रघात गर्न संविधान संशोधन प्रस्ताव आएको भन्दै सडक र सदन दुवैतिरबाट दबाब सिर्जना गरेर त्यसलाई विफल पार्ने चेतावनी दिँदै आएको छ । बिहीबारको संसद बैठकपछि कुराकानी गर्न खोजेका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले ‘तपाईंको अनुहारसमेत हेर्न मन छैन, के कुरा गर्ने’ भन्ने तीतो जवाफ दिएका थिए ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्