×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीले प्रचण्डलाई भने– तपाईंको अनुहार पनि हेर्न मन छैन, के कुरा गर्नु

LAXMI SUNRISE BANK

ओलीले प्रचण्डलाई भने– तपाईंको अनुहार पनि हेर्न मन छैन, के कुरा गर्नु

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एमालेको अवरोधका कारण बिहीबारको संसद बैठक अवरुद्ध भयो । सरकारले संविधान संशोधन विद्येयक दर्ता गरेको विरोधमा एमालेले पार्टीको पूर्व निर्णयअनुसार संसद बैठक अवरुद्ध गरको हो ।

बैठक अवरुद्ध भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली नजिकै पुगे । ओली नजिकै पुगेका प्रचण्डले उनीसँग कुरा गर्न खोजे । तर, ओलीले भने प्रचण्डको कुरा गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

यी दुई नेताको नजिकै रहेका एमाले सांसद रबिन्द्र अधिकारीका अनुसार प्रचण्डको कुरा गर्ने प्रस्ताव अस्वीकार गर्दै ओलीले भने, ‘तपाईंको अनुहार पनि हेर्न मन छैन के कुरा गर्नु ।’

ओलीको त्यति कुरा सुनेपछि प्रचण्डले कुनै प्रतिक्रिया जनाएनन् । प्रचण्डको मौनताका बीच पुनः बोल्दै ओलीले भने, ‘एमाले चुनावका लागि तयार छ । त्यसका लागि वातावरण बनाउँदै गर्नुहोला ।’

  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी