×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो पो रहेछ एकाएक प्रधानमन्त्रीले पत्रकार सम्मेलन स्थगित गर्नुको कारण

LAXMI SUNRISE BANK

यस्तो पो रहेछ एकाएक प्रधानमन्त्रीले पत्रकार सम्मेलन स्थगित गर्नुको कारण

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – संविधान संशोधन विद्येयक सदनमा दर्ता गरेपछि प्रमुख प्रतिपक्ष एमालेद्धारा त्यसको विरोध भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको पत्रकार सम्मेलन स्थगित भएको छ ।
सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि आयोजना गरिएको पत्रकार सम्मेलन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको विषयमा सरकारको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जसबारे बिहीबार बिहानै पत्रकारलाई जानकारी गराइएको थियो ।
आचार्यका अनुसार दिउँसो १ बजे संसद बैठक बस्ने भएकाले आकस्मिक रुपमा पत्रकार सम्मेलन स्थगित गरिएको हो । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले भने, ‘आज दिउँसो १ बजे लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको अभियोगबारे संसद बैठकमा छलफल हुने कार्यसूची रहेकाले पत्रकार सम्मेलन स्थगित गरिएको हो ।’

  • काठमाडौँ  टुडे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी